close

‘देउवा पाँचौँपटक प्रधानमन्त्री हुँदा राष्ट्रघाती काम भए सात पटक हुँदा देश रहला !’

‘देउवा पाँचौँपटक प्रधानमन्त्री हुँदा राष्ट्रघाती काम भए सात पटक हुँदा देश रहला !’

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा सांसद तथा नेकपा एमालेका नेता भीम रावलले शेरबहादुर देउवा सातचोटि प्रधानमन्त्री हुँदा देशै रहन्छ वा रहँदैन भनी आशंका व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने २०५२ सालमा प्रधानमन्त्रीकै पालमा भएका महाकाली सन्धि र द्वन्द्वकलाको स्मरण र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको प्रसंग उल्लेख गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

‘२०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा देश द्वन्द्वात्मक दिशातर्फ धकेलियो,देशमा आँच पुर्‍याउने महाकाली सन्धि भयो । अर्कोचोटि प्रधानमन्त्री हुँदा देशमा प्रतिगमन भयो । अहिले संविधान मिच्दै राष्ट्रिय हितविपरीत शक्ति राष्ट्रहरूसँग सामरिक लगायत सम्झौता हुँदैछन् । र, नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतारामा पर्न थालेको छ । उहाँ पाँचचोटि प्रधानमन्त्री हुँदा त यस्तो सातचोटि हुन्छु भन्नुहुन्छ । त्यस बेलासम्म त नेपालै के हुन्छ भनी आशंका गर्नुपर्ने स्थिति देखिन्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको आसन्न भ्रमणबारे संसद्लाई स्पष्ट पार्न माग गरेको छ ।