close

डेढ वर्षभित्र काठमाडौंमा विद्युतका तार अन्डरग्राउन्ड हुन्छन् : मेयर शाह

डेढ वर्षभित्र काठमाडौंमा विद्युतका तार अन्डरग्राउन्ड हुन्छन् : मेयर शाह

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले डेढ वर्षभित्र काठमाडौंमा विद्युत्का तार अन्डरग्राउन्ड हुने बताएका छन् । 

मेयर शाहले कार्यपालिकाको दोस्रो बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मेयर शाहले यस्तो बताएका हुन् । 

महानगरले विद्युत् प्राधिकरणका प्रमुखसँग सो विषयमा छलफल भइसको जानकारी दिँदै उनले भने, विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुन्छ भन्ने प्रतिबद्धता दिनुभएको छ। जुनमा महानगरपालिकाको सहकार्य रहनेछ।’

यस्तै उनले महानगरले खानेपानीलगायतसँग पनि सहकार्य गर्ने बताए । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् ।