close

निलम्बवित अध्यक्षलाई निर्वाचनमा सहभागी नगराउन माग

निलम्बवित अध्यक्षलाई निर्वाचनमा सहभागी नगराउन माग

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलाली मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्तलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गर्दै मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन पेस भएको  छ । 

समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले  साे माग गरेका हुन् । 

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनमा  मतदान प्रक्रियामा सहभागी नगराउन गरेका छन् । 

कैलालीमा भोलि अर्थात् सोमबार साे चुनाव हुँदैछ  । 

नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा रिट दायर भएको छ । 

यस्तै,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको छ ।