close

कपिलवस्तुमा गोला प्रथाबाट नेतृत्व चयन

कपिलवस्तुमा गोला प्रथाबाट नेतृत्व चयन

Trulli
ADVERTISEMENT

रुपन्देही । जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचन प्रमुखको पदमा गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् ।

यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १०–१० मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।

यस्तै, उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुखमा ७ जना सदस्यको गोला प्रथाबाट मत परिणाम आएको हो । 

जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका कांग्रेस कि सुनिता चमार माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका हुन् । 

यस्तैगरी, सदस्यमा गोलाबाट एमाले कि सकुन्तला भन्डारी ,सुमित्रा दमई र जसपा कि शन्ध्या पौडेल निर्वाचित भएका हुन् । १० र १० मत आएर दुवैको परिणाम समान भएको हो ।

जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपामाओवादी केन्द्रसँग गठबन्धन गरेको थियो भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच चुनावी तालमेल गरेको थियो ।