close

सिट र मतका आधारमा कांग्रेस नै पहिलो : कांग्रेस (प्रतिवेदनसहित)

सिट र मतका आधारमा कांग्रेस नै पहिलो : कांग्रेस (प्रतिवेदनसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको प्रतिवेदन सार्वजनिक गरेको छ । 

कांग्रेस केन्द्रीय सदस्य एवं उपसमितिका संयोजक प्रदीप पौडेलले बिहीबार सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । सिट र वडागत मत विश्लेषणका आधारमा नेपाली कांग्रेस प्रथम पार्टी भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 

उनले सभापति शेर बहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई भिन्नाभिन्दै प्रतिवेदन बुझाएका छन् ।

 जसमा वडागतरुपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा काँग्रेस पहिलो भएको छ । कांग्रेसले ७५२ मध्ये ३२९ पालिका ९१८८ अध्यक्ष र १४१ प्रमुखको नेतृत्व हात पारेको छ । तीन सय पालिकामा ९१९० उपाध्यक्ष र ११० उपप्रमुख कांग्रेसले जितेको प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ । 

पूर्णपाठ