close

राजेन्द्र लिङ्देनलाई कमल थापाले भने - राजतन्त्रको एजेण्डा छोड्नुस्, एकता हुन्छ

राजेन्द्र लिङ्देनलाई कमल थापाले भने - राजतन्त्रको एजेण्डा छोड्नुस्, एकता हुन्छ

Trulli
ADVERTISEMENT

रुपन्देही । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रको एजेण्डा छाडेको बताएका छन् । नेपालमा राजतन्त्र पुनर्स्थापना हुने सम्भावना समाप्त भएको समेत थापाले बताए ।

बुटवलमा राप्रपा नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्षथापाले असम्भव एजेण्डा बोकेर जाँदा हिन्दु राष्ट्रलगायतका एजेण्डा ओझेलमा परेकाले आफूले भारी मनले राजतन्त्रको एजेण्डालाई परित्याग गरेर लोकतन्त्र, राष्ट्रियता र हिन्दुराष्ट्रलाई मुख्य एजेण्डा बनाएको बताए । 

यस्तै नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

राप्रपा नेपालले पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातनहिन्दु राष्ट्रको पुर्नस्थपनालाई मुख्यएजेण्डा बनाएको बताउँदै सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातनहिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए ।

यस्तै, अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्नका लागि आफू जहिले पनि तयार रहेको बताए ।