close

पार्टीबाट मन्त्री बनेकाहरू कुर्सीमा टाँसिएर बस्न चाहँदैनन् : माधव नेपाल

पार्टीबाट मन्त्री बनेकाहरू कुर्सीमा टाँसिएर बस्न चाहँदैनन् : माधव नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  आफ्नो पार्टीबाट मन्त्री भएकाहरुले पार्टीको निर्णय मान्ने र कुर्सीमा टाँसिएर नबस्ने  बताएका छन् । 

बुधबार पार्टीनिकट विद्यार्थी संगठनको काठमाडौंमा भएको शपथग्रहण समारोहलाई सम्बोधनका क्रममा  अध्यक्ष नेपालले  यस्तो बताएका हुन् । 

वर्तमान सत्ता गठबन्धन आगामी चुनाव र त्यसपछिसम्म  लैजान आफ्नाो चाहना भएको बताउँदै गठबन्धनकाे भविश्य छैन भन्नेहरुको पछि लाग्न जरुरी नरहेको उनले बताए ।

‘त्यस्ता कू प्रचारका पछि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहान्छौँ  ।’ गठबन्धन भत्कियोस् र आपसी असमझदारी बनोस् भन्ने प्रयास  भइरहेकाे उनको भनाइ थियो ।