close

माओवादीमा पनि मन्त्री हेरफेर गर्न दबाब छ : वर्षमान

माओवादीमा पनि मन्त्री हेरफेर गर्न दबाब छ : वर्षमान

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा माओवादीमा पनि मन्त्री फेर्न दबाब बढिरहेको बताएका छन् । 

एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री हेरफेरका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको, तर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारलाई रोकेको तीनपछि माओवादी नेता पुनले यस्तो बताएका हुन् । 

आइतबार एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्रिपरिषद्मा रहने मन्त्रीको नाम हेरफेरका लागि नामावली पठाएको थियो । 

तर, सोमबार गठबन्धनका शीर्ष नेताको बैठकपछि संसद्मा मन्त्रीले जवाफ दिनुपर्ने कारण देखाउँदै मन्त्रिपरिषद् विस्तारमा रोक लगाइएको थियो । 

यही विषयलाई लिएर नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादीबाट मन्त्री हेरफेरका लागि गरिएको सिफारिस धर्तीका कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै आक्रोशित भएका थिए ।