काठमाडौं । सरकारले यही साउन १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर लागू गर्न सवारी चालकलाई निर्देशन दिएकोबारे नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले संसदमा आपत्ति जनाएका छन् ।
यसअघि असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारले निर्देशन दिएको थियो ।
सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै थापाले आपत्ति जनाएका हुन् ।
यातायात मन्त्रालयले गत मंसिर १ गतेदेखि नाम टुंगो लागेको प्रदेशका यातायात कार्यालयमा दर्ता भएका सवारी साधानमा इम्बोस्ड नम्बर लागू गर्ने निर्णय गरेको थियो । त्यो निर्णय सरकारी अधिकारीले कार्यान्वयन गर्न सकेका थिएनन् ।
मन्त्रालयको कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ ।
यदि राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड जोड्नै पर्ने राज्यले पनि आर्थिकभार व्यहोर्नुपर्ने बताए ।
नेपालमा इम्बोस्ड नम्बर जडान गर्नका लागि बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनीले ठेक्का पाएको र ठेक्कामा भनिएअनुसार अबको १६ महिनाभित्र सबै सवारीमा इम्बोस्ड नम्बर राख्ने काम टुंग्याइनु पर्नेछ । त्यसो नगरिए आर्थिक दायित्व सरकारले व्यहोर्नुपर्ने उल्लेख छ ।
राज्यले काम गर्न नसक्दा सर्वसाधारणलाई धम्कीपूर्ण निर्देशन दिइएको भन्दै उनले स्ट्ठदमा प्रश्न उठाएका हुन् ।