सप्तरी । सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट समावेशी प्रगतिशील समूहका सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षद निर्वाचित भएका हुन् ।
प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले ५३ मत पाउँदा उनका निकटतम बृहत लोकतान्त्रिक गठबन्धन समूहका अधिवक्ता कामेश्वर यादवले ३९ मत प्राप्त गरे ।
उपाध्यक्षमा फुलनारायण यादव ५६ मतसहित विजयी हुँदा गठबन्धन समूहका ममताकुमारी चौधरीले ३७ मत पाइन् । सचिवमा प्रमोदकुमार चौधरीले प्रजातान्त्रिक गठबन्धन समूहका कमलकुमार यादवलाई २३ मतले पराजित गरे । चौधरीले ५७ मत पाए भने यादवले ३४ मत मात्रै पाए ।
कोषाध्यक्षमा प्रगतिशील समूहकी मनु खनाल ५७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विरेन्द्रप्रसाद चौधरीले ३६ मत प्राप्त गरे ।
सदस्यहरूमा वीरबहादुर कडारीले ६१, वैद्यनाथ चौधरीले ५५, उमेशनारायण शरणले ५१, राजनारायण यादवले ५० र रहमुल मन्सुरीले ४३ मत ल्याई निर्वाचित भएका छन् ।
यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, बिरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन् ।
सहसचिव पदमा समावेशी प्रगतिशील समूहकी किरण साह निर्विरोध निर्वाचित भइन् । सप्तरी जिल्ला वार इकाई राजविराजमा कुल ९७ मतदातामध्ये ९४ जनाले मतदान गरेका थिए ।