रुपन्देही । बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्य पदमा गठबन्धनबाट निर्वाचित भएका छन् ।
बिहीबार भएको नगरकार्यपालिकाको निर्वाचनमा आठजना सदस्यमा आठजना गठबन्धनबाट निर्वाचित भएका हुन् ।
कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरूले मतदान गरेका थिए ।
कार्यपालिकामा कांग्रेसबाट निलम गौतम ,बसन्ती बिक,राधादेवी पौडेल,रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक,समाजबादीबाट यमबहादुर सुनार र राममोबाट कृष्णबहादुर सुनार बिजयी भएका हुन् । एमालेका सबै उम्मेदवार पराजित भए ।