काठमाडौं । संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले खिमलाल देवकोटाको प्रस्तावमा पेस भएको सो प्रस्ताव सर्वसहमतिका साथ स्वीकृत गरेको हो ।
स्वीकृत प्रस्तावलाई राष्ट्रियसभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।
राष्ट्रिय सदस्य खिमलाल देवकोटालेले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प राष्ट्रिय सभामा प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावलाई जितेन्त्रनारायण देव, गोपीबहादुर सार्की अछामी, नन्दा चपाँइ, प्रमिलाकुमारी र देवेन्द्र दाहालले समर्थन गरेका थिए ।