काठमाडौं । जनमोर्चाकी नेतृ दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा बुधबार सांसद तथा नेतृ पौडेलले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ । त्यसकारण महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ । तत्काल क्षतिपूर्ति र जीवन निर्वाह गर्ने दायित्व सकारले लिनुपर्छ ।’