close

उत्साहजनक नतिजा आएन, अब गठबन्धनबारे छलफल गर्छौँ  : खनाल

उत्साहजनक नतिजा आएन, अब गठबन्धनबारे छलफल गर्छौँ  : खनाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले चुनावी नतिजा उत्साहजनक नभएकाले छलफल गरेर अघि बढ्ने बताएका छन् । 

 

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा खनालले यस्तो बताएका हुन् । 

 

गठबन्धनलाई निरन्तरता दिने विषयमा पार्टीमा समीक्षा गर्ने उनको भनाइ थियो । 

 

मंगलबारै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि गठबन्धनमा अबद्ध घटकबाट आफूहरूलाई सोचेअनुरुप सहयोग नगरेको भन्दै समीक्षा हुनुपर्ने बताएका थिए । 

 

पछिल्लो मत परिणामअनुसार एकीकृत समाजवादीले चार पालिका प्रमुख जितेको छ ।