close

एमालेको गढ भत्काउँदै शंखरापुरमा राप्रपाको जित

एमालेको गढ भत्काउँदै शंखरापुरमा राप्रपाको जित

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाको प्रमुखमा जित हात पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनमा खाता खोलेको छ ।

 

सो नगरपालिकाको मेयर रमेश नापितले सत्ता गठबन्धन तथा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै जित हात पारेका हुन् । अन्तिम मत परिणाम अनुसार उनले गठबन्धनका तर्फबाट एकीकृत समाजवादी उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई हराएका हुन् ।

 

एमालेको गढ मानिने यो पालिकाको मेयर तथा उपमेयरमा सो दल तेस्रो भएको छ।

 

साथै राप्रपाले शंकरापुरको २ वडामा समेत जित हात पारेको छ ।

 

सो नगरपालिकाको उपप्रमुखमा भने काँग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छन्।

 

योसँगै काठमाडौँको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि नतिजा आएका दक्षिणकाली, कीर्तिपुर र तारकेश्वर नगरमा काँग्रेसले मेयर पद जितेको छ।