close

आठबिसकोट र देवदह नगरपालिकामा क्रमशः माओवादी एमाले विजयी

आठबिसकोट र देवदह नगरपालिकामा क्रमशः माओवादी एमाले विजयी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रवि केसी र उपमेयरमा धनकुमारी शाही विजयी भएका छन् ।

केसीले  ७ हजार ३ सय ७९  मत पाएर विजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्र बटालाले ६ हजार ६ सय १५ मत पाएको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । 

 

त्यसैगरी, उपमेयरमा विजयी भएकी शाहीले सात हजार दुई सय ६५ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी एमालेका दिनेश चन्दले ६ हजार २ सय ६८  मत पाएका  छन् । आठबिसकोटमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको थियो । 

 

गठबन्धनका उम्मेद्वारलाई ७६४ मतान्तरले पछि पार्दै मेयर र ९९७ ले पछि पार्दै उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्र विजयी भएको थियो ।   

यस्तै, रुपन्देहीको देबदह नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुख ध्रव खरेल र उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ विजयी भएका हुन् । केही मत गन्न बाँकी रहे पनि एमाले उम्मेदवारले अग्रता लिएको भन्दा कम मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्राप्त जानकारी अनुसार नौ सय मत गन्न बाँकी छ । तर, मतान्तर भने १९ सय भन्दा धेरै पुगिसकेको छ ।

यहाँ मेयरमा नेपाली कांग्रेसका हिरा केसी, राप्रपाका माधवप्रसाद उपाध्याय पनि उम्मेदवार थिए । उपमेयरमा माओवादी केन्द्रकी सुन्दरी गिरी र राप्रपाकी निर्मला घर्ती क्षेत्री उम्मेदवार रहेका थिए । हिरा खत्री निर्बतमान मेयर  हुन भने उपमेयर पनि निवर्तमान हुन् ।