close

गौर नगरपालिकामा मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी

गौर नगरपालिकामा मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला गौर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एकीकृत समाजवादीले विजय हासिल गरेका छन् । 

 

एकीकृत समाजवादीका उम्मेद्वार शम्भु साह निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादीका अजय गुप्तालाई पराजित गरी विजय भएका हुन् ।

 

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेद्वार मोहनकुमार यादवले ३ हजार २११ मत ल्याएका पाए । 

 

यसगरी, उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित भएकी छन् । उनले चार हजार ८०९ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीका अमरुल कले एक हजार ४७ मत ल्याएका छन् । नेपाली कांग्रेसकी उपमेयर उम्मेद्वार शाहजान खातुनले ९४४ मत ल्याइन् ।