सप्तरी । राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव विजयी भएका छन् ।
विजयी यादवले ९ हजार ५४ मत ल्याउँदा प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७१८ मत प्राप्त गरे ।
उपमेयरमा जसपाकै इसरत प्रविण ६ हजार ७९६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका प्रतिस्पर्धी सुशीला यादवले ४ हजार २३० मत प्राप्त गरिन् ।