काठमाडौं । भरतपुर महानगरमा गठबन्धन तथा नेकपा माओवादीका उम्मेदवार रेणु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् ।
कुल ७५३८८ मतगणना गर्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको भन्दा पाँच हजार ७०७ मतका साथ आफ्नो अग्रतालाई कायम राखेकी हुन् ।
दाहालले २९ हजार २२६ मत पाउँदा सुवेदीले २३ हजार ५१९ मत प्राप्त गरेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार २५९ मत प्रापत गरेका छन् ।