चितवन । भरतपुर महानगरपालिकामा सोमवार बिहानसम्ममा एक लाख ६ हजार ८७९ मत गणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तरका साथ अग्रता कायम राखेकी छन् ।
उनले ४३ हजार ६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३ हजार २३९ मत पाएका छन् । सुवेदीभन्दा दाहाल ९ हजार ८२२ मतले अगाडि छिन् ।
मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २६६ मत ल्याएका छन् । कांग्रेस सहितको गठबन्धनले मेयर पदमा दाहाललाई उठाएपछि पौडेल कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए ।
यस्तै महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार ५९१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २६ हजार ३२२ मत ल्याइन् ।