close

भरतपुरकाे मेयरमा रेनु दाहाल पुन: निर्वाचित

भरतपुरकाे मेयरमा रेनु दाहाल पुन: निर्वाचित

Trulli
ADVERTISEMENT

चितवन । भरतपुरको मेयरमा रेनु दाहाल पुनः निर्वाचित भएकी छन् । २०७४ सालको स्थानीय चुनाव जितेर भरतपुरको प्रमुखमा एक कार्यकाल बिताइसकेकी दाहाल दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् । 

 

दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ ।

 

२९ वडामध्ये विजय र रेनुबीच सुरुमा मतान्तर खोसाखोस चले पनि वडा नम्बर ४ को गणना सुरु भएपछि भने रेनुले आफ्नो मत बढाउँदै गइन् । 

 

भरतपुरको मेयरमा  दलगत र स्वतन्त्र गरेर २७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । १ लाख २७ हजार ५६६ मत खसेको थियो । 

 

यस्तै उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनले ५१ हजार ९०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।