close

वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिंह निर्वाचित

वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिंह निर्वाचित

Trulli
ADVERTISEMENT

वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । 


जसपाका सिंहले ४६ हजार २१५ मत प्राप्त गर्दा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरेका छन् ।


सिंह २२ हजार ५४४ मतान्तरले विजयी भएका हुन् । राप्रपाका गिरीश गिरीले ३ हजार ३१३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा  गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम ठूलो मतान्तरले  विजयी भएका छन् । 

वीरगञ्ज महानगरका ३२ वटा वडा मध्ये १३ वटा वडामा जसपा, ९ वटामा काँग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।