close

सिरहाको गोलबजारमा  एमाले विजयी

सिरहाको गोलबजारमा  एमाले विजयी

Trulli
ADVERTISEMENT

सिरहा । गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा  श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन् । 
 

 

श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरे । 

 

कुल १३  वडा रहेको गोलबजारको ६ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७  स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।