close

१० पालिका रहेको तनहुँमा महिला प्रमुख शून्य

१० पालिका रहेको तनहुँमा महिला प्रमुख शून्य

Trulli
ADVERTISEMENT

तनहुँ । तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् ।   
 

नेपाली कांग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएकी राना यसपटक नेकपा (एमाले) का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएका छन् । १० पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए ।
 

पालिकाको उपप्रमुख-उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन् । काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् ।     
     

 

घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन् । यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गर्नुभएको छ । 

 

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । विभिन्न पालिकाका उम्मेदवारी दिएका ६ महिलामध्ये दुई जनाले मात्रै विजय हासिल गरेका हुन् । चारजना पराजित भए।     
     

 

भानु -१ को वडाध्यक्षमा कांग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी हुन् । आँबुखैरेनी–४ मा कांग्रेसको तर्फबाट मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भएकी छन् ।