धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ्ग करसम्बन्धी व्यवस्थालाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन गरेका छन् ।
साम्पाङगले पदभार ग्रहणपछि पहिलो निर्णय गरी सो कार्यदल गठन गरेका हुन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडाका अनुसार आन्तरिक राजश्व बढाउन, करको दायरा बढाउन अध्ययन गर्ने कार्यदल गठन गरिएको हो ।
कार्यदलको संयोजकमा नगर उपप्रमुख रहेका छन् । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधि छन् ।
सदस्य सचिवमा पालिकाको राजश्व महाशाखा प्रमुख तोकिएको धरान उपमहानगरका सूचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाले बताए ।