काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र काठमाडौंलगायत ठूला सहरका प्रमुख पदमा पार्टीले हार्नुको मुख्य करण गठबन्धनभन्दा पनि पार्टीभित्रको अन्तर्घात प्रमुख कारण भएको बताएका छन् ।
बुधबार संसद् भवन नयाँबानेश्वरमा संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
यसबारे आफूहरूले विस्तृत छलफल चलाउने पनि उनले बताए ।