काठमाडौं । सत्तारुढ दल गठबन्धनको बैठक बस्ने भएको छ ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा आबद्ध दलको बैठक बस्न लागेको हो ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।
बैठक आइतबार सार्वजनिक बैठकमा केन्द्रित हुने बताइएको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत परिणामबाट उत्साहित गठबन्धनमा आबद्ध दलको यो दोस्रो बैठक हो ।
स्थानीय तह निर्वाचनमा यसअघि प्रथम स्थान हासिल गर्न सफल नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले पहिलो स्थान हात पार्न सफल भएको छ भने नेकपा माओवादी केन्द्रले पनि पहिलेको भन्दा आफ्नो स्थान सुधार गरेको छ ।