काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।
बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।