काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले गठबन्धनलाई धोका नदिने प्रतिबद्धता गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादी र जनता समाजवादीका अध्यक्षद्वय माधव कुमार नेपाल र उपेन्द्र यादवले कतिपय ठाउँमा नेपाली कांग्रेसले गठबन्धनको पालना नगरेको भन्दै गुनासो गरेपछि शेरबहादुर देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
यस्तै, बैठकले स्थानीय तह निर्वाचनमा कमजोरीका बाबजुद पनि सफलता मिलेको निष्कर्ष निकालेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेल उपलब्धिमूलक भएको भन्दै केन्द्रीय स्प्रिडअनुसार तल तालमेल हुनु नसके पनि राम्रै परिणाम आएको बताए ।