काठमाडौं । नेकपा एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्धमा विचलन आएको भनी टिप्पणी गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले सो टिप्पणी गरेका हुन् ।
तर, उनको टिप्पणीबारे छलफल गरौँला भन आश्वासन दिएको एक नेताले जानकारी दिए ।
स्रोतका अनुसार श्रेष्ठले ‘भारतसँग राजनीतिक एजेण्डा थन्को लगायौँ । अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा नउठ्ने भयो, १९५० को सन्धि, ईपीजी, डुवानका मुद्दाहरू नउठाउने भयौँ । भारतले चाहेको आर्थिक मामिलाको सम्झौता मात्र भएको भनी परराष्ट्र सम्बन्धबारे प्रश्न उठाएका थिए ।
तर, उनको प्रश्नबारे प्रधानमन्त्रीले छलफल गरौँला भनी आश्वासन दिएको स्रोतले उल्लेख गरेको छ ।