काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलालाई तीन वर्षअघि तयार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन किन नबुझेको भनी प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले एकपक्षीय रुपमै भए पनि इपिजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
यस्तै उनले तत्काल आयल निगम खारेज गर्ने सोच नरहेको बताए ।