काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको अवस्था अघिल्लो पटकभन्दा सुधार भएको बताएका छन् ।
शनिबार पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
एजेन्डाका आधारमा माओवादी पहिलो पार्टी बन्दा मात्र राजनीति सुल्टो हुने बताउँदै उनले पहिलो हुने कोसिस जारी रहेको बताउँदै भने, ‘अरूले भनेजस्तो हराउने बिलाउने, मासिन माओवादी होइन ।’
वैशाख ३० पछि माओवादी गुगलमा मात्रै भेटिने भनी टिप्पणी यसअघि भएको उनले स्मरणसमेत गरे ।