close

मन लागेका बेला गाली गर्न सहज होस् भनेर चाबी बुझाएको हुँ :  सांसद महत

मन लागेका बेला गाली गर्न सहज होस् भनेर चाबी बुझाएको हुँ :  सांसद महत

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसद्मा कर्णालीको आवाज प्राथमिकतामा नपरेको  र समय असमानताका कारण आफूले संसद्मा ताला बुझाएको बताएका छन् । 

 

शनिबार प्रतिनिधिसभा बैठकमा आगामी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा विपक्षी दलको नेताले ३ घन्टासम्म सदनमा बोलेका, तर कर्णालीका कुरा सुनाउन ३ मिनेट समय छुट्याइएकाले मन लागेका बेला गाली गर्न र बन्द गर्नू भनेर तालाचाबी बुझाएको बताए ।

 

‘जतिबेला खोल्नुपर्ने हो त्यतिबेला खोल्नुहोला । जति बेला मन हामीलाई गाली गरेर संसद बन्द गर्न सहज होस् भनेर तालाचाबी बुझाएको हुँ,’ पालिका खबरसँग महतले भने । 

 

सदनमा प्रतिपक्षी दलको नेताले तीन घन्टा गाली गरेको बताउँदै उनले भोलिपल्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री  दीलेन्द्र बडूले आफ्ना भनाइ राखेपछि त्यही निहुँमा नौ महिनासम्म बन्द भएको सदन गाली गर्नका लागि मात्रै खोलेजस्तो देखिएको बताए । 
 

‘फेरि बन्द गरिहाले नि ! हिजो बिहान । हैरान गरेर मनाउनुपर‍्यो । फेरि उहाँहरूको नियत कस्तो भने उहाँहरू (प्रतिपक्षी दलको नेता) ले बोलिसकेपछि बन्द भए होस् भनेजस्तो ।’

 

उनले तीन मिनेटमा आफूले केही पनि बोल्न नपाएको बताउँदै भने, ‘मैले केही बोल्नै पाइनँ नि ! तीन मिनेटमा के बोल्नु ।’

 

सभामुखलाई दिएको तालाचाबी चार÷पाँच जना माननीयले बोल्दासम्म त्यहीँ रहेको बताउँदै पछि राखेको ठाउँबाट सो चाबी हटाइएको उनले बताए ।