close

रुपन्देहीको १० पालिकामा कांग्रेस तथा ३ पालिकामा एमालेका उम्मेदवार विजयी

रुपन्देहीको १० पालिकामा कांग्रेस तथा ३ पालिकामा एमालेका उम्मेदवार विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको १६ पालिकामध्ये १० वटा पालिकाको प्रमुखमा नेपाली काँग्रेसको उम्मेदवार निर्वाचित भएका छन् । 
 

त्यस्तै, एमाले तीन स्थानीय तह तथा जसपा, लोसपा र जनता प्रगतिशिल पार्टीले एक/एक पालिका जितेका छन् । पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रुपन्देहीमा श"न्य भए ।

 

एक उपमहानगरपालिका र ५ नगरपालिका रहेको रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका गरी पाँचवटा नगरपालिका काँग्रेसले जितेको छ । 

 

मेयरमा काँग्रेसले जितेका पाँचवटै नगरपालिकाको उपमेयरमा भने एमाले उम्मेदवार विजयी भएका छन् । त्यसबाहेक नेपाली काँग्रेसले सुद्धोधन, सियारी, कञ्चन, सम्मरीमाई र मायादेवी गाउँपालिका जितेको हो ।

 

एमालेले देवदह नगरपालिका, ओमसतीया र गैडहवा गाउँपालिका जितेको छ । एक÷एक पालिका जितेका जनता समाजवादी पार्टी (जसपा)ले रोहिणी गाउँपालिका, जनता प्रगतिशिल पार्टीले मर्चवारी गाउँपालिका र लोकतान्त्रिक समाजवादी पार्टीले कोटहीमाई गाउँपालिका जितेको हो ।