close

हार जितको मानसिकता त्यागेर काठमाडौंलाई नमुना बनाउने हो : सुनिता डंगोल

हार जितको मानसिकता त्यागेर काठमाडौंलाई नमुना बनाउने हो : सुनिता डंगोल

Trulli
ADVERTISEMENT

काठमाडौं । हार जितको मानसिकता त्यागेर काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने काठमाडौं महानगरपालिकी नवविर्वाचित उपमेयर  सुनिता डंगोलले बताएकी छन् । 

 

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा निर्वाचित घोषणा भएपछि प्रतिक्रिया दिँदै उनले काठमाडौंलाई कान्तिपुरी नगरी बनाउन सबैको साथ चाहिने बताएकी हुन्।  

 

‘काठमाडौंलाई अरू शहरजस्तो बनाउनुपर्दैन, देशको अरु शहर शहरसँग पनि तुलना गर्नुपर्दैन, काठमाडौंको मर्म विशिष्ट छ, यो सांस्कृतिक नगर र राजधानी हो, यसलाई कुनै शहर होइन काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने हो,’ उनले भनिन् । 

 

काठमाडौं महानगरको मतदाताले युवाको काँधमा जिम्मेवारी सम्पिएको भन्दै उनले जनताको आशा पूरा गर्न आफूहरु लाग्ने बताइन्। डंगोलले ६८ हजार ६१२ मत पाउँदै निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन् ।