close

काठमाडौं, भरतपुर,विराटनगर र ललितपुरमा कसले लिँदैछ अग्रता ?

काठमाडौं, भरतपुर,विराटनगर र ललितपुरमा कसले लिँदैछ अग्रता ?

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले आफ्नो अग्रता कायम राखेका छन् ।

 

कुल १५ सय मत गणना गर्दा उनले ५६८ मत ल्याएर आफ्नो अग्रता कायम राखेका हुन् । 

 

एमालेका केशव स्थापितले ४१५ ल्याएर साहलाई पछ्याइरहेका छन् । यस्तै, गठबन्धन तथा नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले सुस्त–सुस्त पछ्याइरहेकी छन् । उनले ३०७ मत ल्याएकी छन् । 

 

ललितपुर महानगरमा गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेद्वार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । 

 

एक सय मत गन्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन् । 

 

उनका प्रतिद्वन्द्वी व्यञ्जनकारले २३ मत ल्याउँदा महर्जनले २३ मत ल्याएका छन् । 

 

यस्तै, सर्वाधिक चर्चामा रहेको चितवन भरतपुरमा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेका उम्मेद्वार विजय सुवेदीले  ६६ मत ल्याएका छन् भने गठबन्धन तथा  माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी रेणु दाहालले ५१ मत ल्याएकी छन् । त्यसैगरी, स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले १३ मत प्राप्त गरेका छन् । 

यस्तै, उपमेयरमा गठबन्धन तथा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिएका छन् । उनलाई राप्रपाका हिमाल गुरुङले पछ्याइरहेकी छन् । 

 

यस्तै, विराटनगरमा गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेद्वार नागेश कोइरालाले अग्रता लिएका छन् ।