close

इलामको देउमाई नगरपालिकामा हवाई फायरिङ

इलामको देउमाई नगरपालिकामा हवाई फायरिङ

Trulli
ADVERTISEMENT

काठमाडौं । इलामको देउमाई नगरपालिकामा मतगणनास्थलमा हवाई फायरिङ भएको छ ।

 

शनिबार नगरपालिकामा मत गणना जारी रहँदा सुरु भएको सामान्य विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायरिङ गरेको हो । 

 

मतगणनाका क्रममा एक कर्मचारीले गोजीमा स्वस्तिक छाप भेटिएपछि गठबन्धनमा आबद्ध दलहरूले एमालेले सेटिङ गरेको भन्दै विरोध गरेको थियो । 

 

साथै, गठबन्धनमा आबद्ध दलले निर्वाचन अधिकृतविरुद्ध नाराबाजीसमेत गरेका थिए ।