close

काठमाडौं महानगरमा एक मत गन्न २० मिनेट, सिंह र बालेन्द्रबीच कडा प्रतिस्पर्धा

काठमाडौं महानगरमा एक मत गन्न २० मिनेट, सिंह र बालेन्द्रबीच कडा प्रतिस्पर्धा

Trulli
ADVERTISEMENT

काठमाडौं । देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकामा मत गणना सुरु भएको छ । मत गणनाका क्रममा नेपाली का‌ंग्रेस र स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सिंहले ६ मत ल्याउँदा शाहले ५ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ३ मत ल्याएका छन् ।   

 

निर्वाचन आयोगले यस महानगरमा एउटा मतपत्र गणना गर्न २० मिनेट लागेको छ ।  निर्वाचन अधिकृतको कार्यालयले पनि एउटा मत गन्न करिब २० मिनेट लागेको बताएको छ । 

 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरमा धेरै उम्मेद्वार भएका कारण मत गणना गर्न ढिलाइ भएको हो । यस महानगरमा मेयर पदमा ५० जनाको उम्मेद्वारी  परेको छ ।