close

घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन विजयी

घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन विजयी

Trulli
ADVERTISEMENT

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतान्तरले विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन् । उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ ।

 

अन्तिम मतपरिणाम अनुसार कांग्रेसका मोहनसिं लालचन ७६० मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाए ।

 

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६९३ मत लिएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन् ।

 

मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीका अनुसार घरपझोङ गाउँपालिकामा एक हजार ५९८ मत खसेको थियो ।