close

राप्ती गाउँपालिका-९ मा माओवादीका रिमबहादुर विजयी 

राप्ती गाउँपालिका-९ मा माओवादीका रिमबहादुर विजयी 

Trulli
ADVERTISEMENT

दाङ । राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । शुकुरबार सम्पन्न वडाको निर्वाचनमा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा  निर्वाचित भएका हुन् ।

 

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवार गुलाफको फूल १७ र छाता चुनाब चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।

 

राप्ती गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।