close

४३ मतदान स्थलका ७७ केन्द्रमा निर्वाचन स्थगित

४३ मतदान स्थलका ७७ केन्द्रमा निर्वाचन स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । देशभर रहेका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलको ७७ मतदान केन्द्रमा स्थगित भएको हो ।

 

देशभर स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो । 

 

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छैन ।

 

केही मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र बनाइएको हुँदा एक ठाउँमा झडप भएका कारण त्यस मतदानस्थलमा रहेका सबै केन्द्रमा मतदान स्थगित भएको आयोगले जनाएको छ ।

 

साथै अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार ६४ प्रतिशत मतदान भएको भन्दै आयोगले विभिन्न ठाउँमा मतगणना शुरु भएको जनाएको छ ।