काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अत्याचारका कारण वर्तमान गठबन्धन बनेको बताएका छन् ।
शनिबार बुटवलमा भएको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
‘गठबन्धन ओलीको अत्यन्त अत्याचार भएपछि बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरेमा संसद् भंग गरिहाल्ने । यो संविधानमा प्रधानमन्त्रीले संसदलाई लहडमा भंग गर्न पाउने व्यवस्था नै छैन ।’
यस्तै, उनले एमसिसी परियोजना परियोजनाअन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार र विद्युत् प्रसारण लाइन बन्ने भएकाले एमसिसीको सबैभन्दा बढी फाइँदा बुटवलबासीलाई पुग्ने बताए ।