झापा। नेकपा (एमाले)ले मेचीनगरमा बागी उम्मेद्वार उठेका उम्मेद्वारलाई सघाएको भन्दै आठ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेद्वार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित अन्य नेता तथा कार्यकर्तालाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।
उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजकसमेत हुन् ।