काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले देशभरबाट करिब आठ हजारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताएका छन् ।
शनिबार उनले एक लाख ५३ हजारभन्दा बढीले उम्मेद्वारी दर्ता गराएको जानकारी दिँदै उनले उल्लेखित संख्याले आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताएका हुन् ।
उनका अनुसार हाल करिब एक लाख ४५ हजार उम्मेद्वार अझै कायम छन् ।
आयोगले शुक्रबार उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो । स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ ।