काठमाडौं । चुनाव चिन्ह पाएपछि भरतपुरमा स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेल प्रचारप्रसारमा जुटेका छन् ।
भुइँकटहर चुनावचिन्ह पाएपछि विपीको शालिकमा माल्यार्पण गरेर उनी चुनावी प्रचारप्रसारमा जुटेका हुन् ।
स्वतन्त्र उम्मेद्वारी दिएपछि उनलाई नेपाली कांग्रेसले कारबाही गरेको छ । तर, कांग्रेस बचाउनका लागि आफूले स्वतन्त्र उम्मेद्वारी दिएको उनले बताएका छन् ।