कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा स्थानीय तहको निर्वाचन स्थगित भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले एक विज्ञप्ति जारी गरी बुद्धभूमि गाउँपालिका–८ का वडाध्यक्ष पदमा उठेका उम्मेद्वार प्रकाश तिवारीको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थिगित गरिएको जानकारी गराएको छ ।
तिवारी नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेद्वार बनेका थिए । उनको मृत्यु हिजो अर्थात् शुक्रबार भएको सो विज्ञप्तिमा उल्लेख छ ।