काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र अन्य दलबीच भएको गठबन्धनलाई पुरातनवादी तथा पश्चगामीको संज्ञा दिएका छन् ।
शनिबार तनहुँमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा लोकतन्त्र र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउन सत्तारुढ दलबीच गठबन्धन भएको बताउँदै उनले नेकपा एमालेले अन्य दलसँग गरेको गठबन्धनलाई यस्तो संज्ञा दिएका हुन् ।
उनले कांग्रेसको नीति र रणनीतिबारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘चुनावमा जनताको बीचमा कन्फ्युजन हुने कुरा बोल्नु हुँदैन । विकास र राजनीतिलाई लिएर जान काँग्रेस चाहन्छ ।’