काठमाडौँ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले व्यक्तिवादलाई प्रश्रय र दक्षिणपन्थी दलदलमा फसेपछि आफूले नयाँ पार्टी खोलेको बताएका छन् ।
शुक्रवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
‘पुरानो पार्टी सबै हिसाबले कुहिने अवस्थामा पुग्यो । दक्षिणपन्थी भासमा भासिने, व्यक्तिवादको अत्यन्तै दलदलमा फस्ने र सबै हिसाबले कम्युनिस्ट आदर्शलाई परित्याग गर्ने स्थितिमा पुगेपछि हामीले कम्युनिस्ट सिद्धान्तको रक्षा गर्न, आन्दोलनलाई जोगाउन, क्रान्तिकारी भावनालाई जोगाउँदै अगाडि बढ्न हामीले एकीकृत समाजवादीको निर्माण गरेका हौँ ।’
एकीकृत समाजवादी नयाँ पार्टी भए पनि २००६ सालदेखिको विरासत बोकेको पार्टी भएको उनको भनाइ छ ।
जिकिर गर्दै उनले भने, ‘पुष्पलालको पार्टी र उहाँको विरासत हामीले बोकेका छौँ । कम्युनिस्ट आन्दोलनको झन्डा हामीले बोकेका छौँ ।’
पार्टी खोलेको आठ महिनामै ठुलो फड्को मार्ने उनको भनाइ थियो । उनले भने, ‘पार्टी खोलेको आठ महिना मात्रै भयो । तर, योबिचमा हामीले धेरै फड्को मारेका छौँ ।’