सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभर चुनाव तालमेलका लागि सात बुँदे सहमति गरेका छन्।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ वटा महानगर र ११ वटा उपमहानगरमा गठबन्धनको भावना विपरीत दिइएका उम्मेदवारी फिर्ता गर्ने निर्णय पनि गरेको छ।
गठबन्धन दलभित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक कार्य गर्ने निर्णय पनि गरेका छन्। केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँडका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने निर्णय पनि भएको छ।
यस्तै गठबन्धनले एमालेसँग स्थानीयस्तरमा भएका तालमेल खारेज गर्ने निर्णय समेत गरेको छ ।