नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताएका छन् । अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिह्न कलम पनि भन्न थालेको दावी गरे ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको जनसभामा बोल्दै उनले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताए ।
एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले ओलीलाई गफाडीको संज्ञा दिंदै गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताए । उनले भने, “अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आईरहेको छ । जनताले सबै ठाउँमा कलम भन्न थालेको छन । एकीकृत समाजवादी भन्न थालेको छन । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं । कसैले हामीलाई हेप्न नसकून ।”